कृत्रिम गर्भाधान सम्बन्धी तिन दिने तालिम सुरु

Share:

प’नरताजकी कृत्रिम गर्भाधान सम्बन्धी तीन दिने तालिम पोखरामा सुरु भएको छ । पश’ पंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा गण्डकी प्रदेश स्तरीय तालिम सुरु भएको हो ।

स्थानीय गाईभैँसीहरुमा उन्नत नश्लको रांगो ्साँढेको वीर्य बाट कृत्रिम गर्भाधान गराई नश्ल सुधारको माध्यमबाट दुध उत्पादन तथा उत्पादकत्व वृद्धि गरि दुधमा आत्मनिर्भर बनाउन, उत्पादनशील पशुहरुको संख्यामा वृद्धि गरि स्वदेशमा नै उन्नत पशुहरुको श्रोत केन्द्र

स्थापना गर्न तथा हाडनाता प्रजनन बाट हुने विकृतिको न्यनीकरण गर्न र प्रजननको माधयमबाट पशुहरुमा सर्ने प्रजनन् सम्बन्धी संक्रामक रोग बाट बचाउन सक्ने उपायहरुको लागी तालिमको आयोजना गरिएको पशु स्वास्थ्य अधिकृत सुरेश श्रेष्ठले बताए । तालिम शुक्रबार  सम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: