
काठमाण्डौ – काठमाण्डौको माइतीघरमा शुक्रबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि एक जना घाइते भएका छन् ।
बा १७ च ४३८४ नम्बरको कारमा बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक काठमाण्डौ नयाँ बानेश्वरका २३ वर्षीय आयुषराज पाण्डेकोे उपचारका क्रममा नर्भिक अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि बसेका तेह्रथुम घर भई नयाँ बानेश्वर बस्ने २२ वर्षीय सन्तोष भण्डारी घाइते भएका छन् । उनको नर्भिक अस्पतालमा उपचार भैरहेको छ । कार चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
