पोखरामा करेन्ट लागेर एकको मृत्यु

Share:

पोखरा। पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखराको फुलबारीस्थित प्रगति टोलमा करेन्ट लागेर पोखरा १३ भद्रकाली बस्ने १८ बर्षिय प्रबिण नेपालीको मृत्यु भएको हो ।

ईन्द्र प्रसाद पाठकको निर्माणधीन घरमा पानीको मोटरको बिजुलीको पल्कबाट तार छुटाउने क्रममा उनको मृत्यु भएको हो । उनी त्यहाँ कामदार रहेको बुझिएको छ ।

सुरुमा करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टमार्टका लागि पश्चिम क्षत्रीय अस्पतालमा राखिएको र घटनाबारे प्रहरीले थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: