
तनहुँ । तनहुँको गाछेपानीमा टिपरले ठक्कर दिँदा एक जना साईकल यात्रिको मृत्यु भएको छ । आइतबार बिहान तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ गाछेपानीमा सो दुर्घटना भएको हो ।
भिमादबाट हलेदी तर्फ जादै गरेको ग १ ख ७१७८ नम्बरको टिपरले बाटो काट्ने क्रममा साईकल यात्रि शुक्लागण्डकी ४ दुलेगौडा बस्ने २१ वर्षीय कमल बि.क लाई ठक्कर दिएको हो ।
उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कमेन्ट गर्नुहोस्
