साउनदेखि इन्टरनेटको शुल्क बढ्ने

Share:

काठमाडौं– इन्टरनेट सेवा प्रदायकहरुले २० प्रतिशतले इन्टरनेट शुल्क बढाउने भएका छन् । आगामी साउन १ गतेदेखि इन्टरनेट उपभोक्तासँग इन्टरनेट प्रदायक कम्पनीहरुले २० प्रतिशत बढी शुल्क लिने जनाएका छन् ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको आर्थिक विधेयकले इन्टरनेट सेवा उपलब्ध गराउने निकायले दूरसञ्चार सेवा दस्तुर बापत लिने १३ प्रतिशत रकम असुल उपर गर्नुपर्नेछ भन्ने बुँदामा कुनै परिमार्जन नगरेकोे भन्दै आफुहरुले मूल्य बढाउन लागेको इन्टरनेट सेवा प्रदायकको संस्था आइस्पानका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

केही दिनअघि इन्टरनेट सेवा प्रदायक संस्थाहरुले विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्कालाई भेटेर सरकार र व्यवसायी विच भएको सहमतिका विषयमा बुझाएका छन् । यसबीचमा सरकारले सहमतिका लागि कुनै कदम चालेन भने शुल्क बढाउन कसैले रोक्न नसक्ने व्यवसायीहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: