पोखरामा सडकमै पल्टियो स्कुल बस (भिडियो सहित)

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीमा रहेको भाष्कर मेमोरियल विद्यालयको बस दुर्घटना भएको छ । सोमबार बिहान करिब ९ बजे विद्यार्थी लिन हिडेको ग १ च ५४७ नं को बस फूलबारी–११ स्थित समितहराको बीच सडकै पल्टिएको हो ।

बस चालक, सहचालक र एक जना मात्र विद्यार्थी सवार उक्त बस दुर्घटना हुँदा सहचालक सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

भिडियो: विवेक दाहाल

कमेन्ट गर्नुहोस्
Share: