
पोखरा । पोखराको फुर्सेखोलामा पौडी खेल्ने क्रममा सोमबार वेपत्ता भएका एक युवाको शव आज भेटिएको छ । काठमाण्डौ घर भई हाल पोखराको चिप्लेढुंगा बस्दै आएका १९ बर्षीय संजिव तामाङको आज शव भेटिएको हो ।
पौडी खेल्ने क्रममा पोखरा-१७ दोविल्लास्थित फुर्सेखोलामा हराएका उनको पोखरा-३१ सितापाइला नजिकैको खोलामा शव भेटिएको प्रहरीले जनाएको छ। उनी वेपत्ता भएको खबर पाएपछि प्रहरीसहितको अन्य सुरक्षाकर्मी र स्थानियले खोजी सुरु गरेका थिए ।
कमेन्ट गर्नुहोस्
