एसइई परीक्षाको नतिजा असार तेस्रो हप्ता आउने

Share:

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असारको तेस्रो हप्ता मात्रै आउने भएको छ। अघिल्ला वर्षमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा आउने गर्थ्यो तर यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी अभाव हुनु जस्ता विविध कारणले गर्दा नतिजा प्रकाशनमा ढिलाइ भएको हो।

राष्टिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले उत्तरपुस्तिका जाँचको काम भए पनि नतिजा असारको तेस्रो हप्ता मात्रै सार्वजनिक गर्नेगरी तयारी गरेको जानकारी दिए ।

परीक्षाले नै लामो समय लिएपछि नतिजा प्रकाशनमा ढिलाई भएको उनको भनाइ छ। अहिले डाटा इन्ट्रीको काम भइरहेको छ। परीक्षामा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए।

कमेन्ट गर्नुहोस्
Share: