
पोखरा । आज जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी । यस दिन सनातन धर्मावलम्बीहरुले तुलसीको दल बिउ राख्ने गर्दछन् । यो दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने गरिन्छ ।
निर्जला अर्थात जल पनि नखाईकन भन्ने अर्थ लाग्दछ, यस अर्थमा यस एकादशीमा भक्तिभावका साथ जल पनि सेवन नगरी ब्रत बस्ने र तुलसी रोप्ने अर्थात छर्ने गरिन्छ । वैष्णव परम्परामा दिनभर व्रत बसी भगवान् विष्णुको पूजाआराधना गर्ने र माहत्म्य वाचन श्रवण गरिन्छ । एकादशी भगवान् विष्णुसँग सम्बन्धित पर्व मानिन्छ। एकादशी शुक्ल र कृष्ण पक्षमा गरी महिनामा दुई पटक पर्दछ ।
कमेन्ट गर्नुहोस्
