चट्याङ लागेर सिन्धुलीमा एकको मृत्यु

331
0
Share:

सिन्धुली – दुधौली नगरपालिका-१ निवासी ४५ वर्षीय भीमनाथ कुँमरको चट्याङ लागेर ज्यान गएको छ । कमला नदीको बगरमा गाइवस्तु चराएर घर फर्किने क्रममा बिहीबार साँझ कुँमरको ज्यान गएको हो ।

साँझ करिब साढे सात बजेतिर पानी परेपछि रुखमुनि ओत लाग्ने क्रममा चट्याङ लागेर कुँवरको घटनास्थलमा नै ज्यान गएकाे हो ।

कमेन्ट गर्नुहोस्
Share: