दाङमा निर्माणाधीन भवनको ढलान भत्किँदा तीन मजदुरको मृत्यु

Share:

दाङ । दाङको लमही नगरपालिका ७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलान भत्किँदा तीन मजदुरको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

उक्त घटनाबाट भारत झारखण्ड निवासी ४५ वर्षका मंगल कस्यव, २२ वर्षका दयाल हरेन र ४६ वर्षका साहेबको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा घाइते भएका अजय हेरेन र नरेन साइवनलाई लमहिमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ । गएराति करिब २ बजे उक्त निर्माणाधीन प्लान्टको छैटौँ तलाको ’सट्रिङ’ भत्किएको हो ।

दिउँसो काम गर्दा गर्मी बढी हुने भएकाले उनीहरु रातको समयमा काम गरिरहेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: