
पोखरा । कास्कीको रुपा गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । रुपा गाउँपालिका-७ बिसौनिडाँडा जंगलमा भिरको बाटो हिँडने क्रममा लडेर ५६ वर्षीय ऋषिराम सुवेदीको मृत्यु भएको हो ।
उनी ४०० मिटर तल खोल्सामा मृत अवस्थामा भेटिएका हुन् । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
