गुठी विधेयकमा कमिकमजोरी भए सच्चाइन्छ : प्रधानमन्त्री ओली

Share:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिबद्धता जनाएका छन् । एकसाता लामो युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले भने,‘धर्म सस्कृतिमा प्रतिकुल असन पर्ने खालका प्रावधानहरु जानेर या नजानेर परेका भए त्यसलाई सरकारले सच्याउँछ ।’ उनले सरकार जनताको मन दुखाउन नभई हसाउनका लागि बनेकाले कहीँ कतै केही कुराहरु नमिलेको भए त्यसलाई सच्चाएर अघि बढ्ने बताए ।

साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका छन् । गत जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली आज बिहान स्वदेश फर्किएका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्रा्ष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत गएका थिए । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई उनले सम्बोधन गरेका थिए ।

यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री टेरिजा मे र राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए । फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए ।

यसैबीच प्रधानमन्त्री ओली स्वदेश फर्कदा त्रिभुवन विमानस्थलमा कालो झण्डा देखाउने नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: