पर्सामा दुई पुरुषको शव फेला

Share:

पर्सा । वीरगन्जमा रहेको संयुक्त भंसार जाँच चौकी (आइसिपी) परिसरमा एक ट्रक चालकको मृत्यु भएको छ। भारतबाटसामान लिएर आएका चालकको आइतबार बिहान आइसिपी गेटभित्रै मृत्यु भएको हो।

मृत्यु हुने भारतको बिहार छाप्रा जिल्ला सीमान–१ का करिब ४५ वर्षीय महन्थ यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। डब्लु बी ११ बी ५४१० नम्बरको मालवाहक ट्रकका चालक यादव रहेको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए।

 यादवको शवलाई पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले दिएको छ। यस्तै, वीरगन्ज महानगरपालिका–२ छपकैयामा पनि करिब ३५ वर्षीय एक पुरुषको शव फेला परेको छ। मृतकको सनाखत हुन नसकेको पर्साका प्रहरी उपरीक्षक शर्माले बताए।

कमेन्ट गर्नुहोस्
Share: