ब्राजिलको निराशाजनक बराबरी

Share:

एजेन्सी । कोपा अमेरिका फुटबलमा ब्राजिलले भेनेजुएलासंग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलासंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

लिग चरणको दोस्रो खेलमा ब्राजिल भेनेजुएलाविरुद्व मैदान उत्रिएको थियो । पहिलो खेलमा प्राप्त प्रभावशाली जितले दोस्रो खेलमा सहज जित निकाल्ने ब्राजिलको अपेक्षा थियो ।

तर खेल अवधिभर भेनेजुएलालाई दबाबमा राखेपनि ब्राजिलले गोल गर्न भने सकेन ।

समुह एको ब्राजिलले दुई खेलबाट ४ अंक जोडेको छ । भेनेजुएला दुई खेलबाट २ अंक सहित तेस्रो स्थानमा यथावत छ ।

कमेन्ट गर्नुहोस्
Share: