रुपन्देहीमा जीपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

Share:

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा जीपको ठक्करबाट शुक्रबार बिहान एक साइकलयात्रीको मृत्यु भएको छ ।

शुक्रबार बिहान पाँच बजे भएको दुर्घटनामा सैनामैना ५ बुद्धनगरका ५५ वर्षीय चन्द्रबहादुर थारुको मृत्यु भएको हो ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा बिहान ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: