
पोखरा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले आज (शुक्रबार) कास्कीसहित केही जिल्लामा शैक्षिक हड्ताल आयोजना गरको छ ।
क्रान्तिकारी कास्की जिल्ला उपाध्यक्ष आस्था नेपालीले बिहीबार एक विज्ञप्ति जारी गर्दै शैक्षिक हड्तालको जानकारी दिएकी हुन् ।
उनले विज्ञप्ति मार्फत अखिल क्रान्तिकारी केन्द्रिय सदस्य तथा कास्की जिल्लाका अध्यक्ष काजी गुरुङलाई गिरफ्तार, तनहुँ जिल्ला सचिव पुरन पुनलाई अदालतले तोकेको धरौटी नतिर्दा कारागार चलानी र जिल्ला सदस्य दिपेन्द्र बुढालाई झुठा मुद्धामा गिरफ्तार गरी पर्वत जिल्ला लगेको उल्लेख गर्दै झुठा मुद्धा खारेज गरी तत्काल रिहाइ गर्न माग गरेकी छन् ।
कमेन्ट गर्नुहोस्
