
कोपा अमेरिका फुटबल अन्तर्गत आज अर्जे्न्टिनाले आमन्त्रित टिम कतारसँग खेल्दैछ । कोलम्बिया सँग पराजित भएको र पाराग्वेसँग १–१ बराबरी खेलेको अर्जे्न्टिनलाई अघिल्लो चरण पुग्ने सम्भावनाका लागि आज मध्य रातमा हुने कतारसँगको खेल जित्नुपर्ने दबाब रहेको छ । यो खेलमा जितेमा र पाराग्वे कोलम्बियासँग पराजित भएमा अर्जे्न्टिना क्वाटरफाइनलमा पुग्नेछ ।
यस्तै पाराग्वे पनि विजयी भएको अवस्थामा भने तेस्रो स्थानमा रहने टिम मध्येबाट अन्तिम ८ मा पुग्ने सम्भावना जीवितै रहन्छ । तर त्यसका लागि अन्य टिमको नतिजामा पनि भर पर्नु पर्ने हुन्छ । लियोनल मेस्सी कप्तानीको अर्जे्न्टिना कोपा अमेरिकामा खराब प्रदर्शनका कारण समस्यामा रहेको छ ।
कमेन्ट गर्नुहोस्
