त्रिपाल उडाउँदा १४ जनाकाे ज्यान गयाे

Share:

नयाँ दिल्ली ।  भारत राजस्थानको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएकाे आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।धार्मिक कार्यक्रम चलिरहेका बेला आँधिले त्रिपाल उडाउँदा र त्रिपाल गाड्न प्रयाेग भएको खम्बाले लाग्दा उनीहरुको ज्यान गएको भारतीय अधिकारीले बताएका छन् ।

राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपुर्ति दिने घोषणाा समेत गरेका छन्र ।

कमेन्ट गर्नुहोस्
Share: