
तनहुँ । तनहुँमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्की घर भई तनहुँको म्याग्दे गाउँपालिका–२ पाटेचौर बस्ने २८ वर्षीया सीता आले रहेकी छन्।
बिजुलीको होल्डर सार्ने क्रममा करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा रत्नहरी अस्पताल दमौलीमा मृत्यु भएको हो ।
तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार पाटेचौरका माधव घिमिरेको घरमा डेरा बस्दै आएकी ५२ वर्षीया तिलमाया आलेको कोठामा पाहुना आएकी सीतालाई होल्डर सार्ने क्रममा करेन्ट लागेको हो।
कमेन्ट गर्नुहोस्
