आचारसंहिता लागू नहुँदा जग्गा पास नगराई धमाधम भवन निर्माण

Share:

बाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिकामा भवन निर्माण आचारसंहिता लागू हुन सकेको छैन । नियमनका लागि नगरपालिकाले ठोस कदम नचाल्दा जग्गा पास नगराई धमाधम भवनहरु निर्माण भइरहेका छन् ।

नगरपालिकाको बुर्तिबाङ बजार क्षेत्रमा अझै पनि पुरानै ढाँचामा भवन निर्माण भइरहेका छन् । जग्गा पास नगरिकनै धमाधम भवन निर्माण हुँदा बजार अव्यवस्थित हुने देखिएको हो ।

नियम विपरीत भवन निर्माण रोक्नका लागि नगरपालिकाले विभिन्न कानुनहरु बनाएको र यसको कार्यान्वयनमा लाग्ने नगरपालिकाका प्रमुख देव कुमार नेपालीको भनाइ छ ।

दुई वर्ष बित्न लागिसक्दा पनि नगरपालिकाले भवन आचारसंहिता लागायतका विषयमा नीति निर्माण गर्न ढिलासुस्ती गरिरहेको छ ।

नगरपालिकाले जनताको चाहानाविपरीत कार्य गरेको बताउँदै बजार क्षेत्रलाई नगरपालिकाले व्यवस्थित बनाउन नसकेको स्थानीयको गुनासो छ ।

अहिलेसम्म भवन बनाउँदा बाटो, नालीलगायत अन्य विभिन्न विकासका पूर्वाधार बन्न सकेका छैनन् । नगरप्रमुखले नै नियमविपरीत ८ तले भवन बनाएकाले आचारसंहिता लागू गर्न आनाकानी गरिरहेको स्थानीयको आरोप छ ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: