
दिल्ली । गुगल प्ले स्टोरमा दुई हजारभन्दा बढी खतरनाक एप्लिकेसन भेटिएका छन् । युनिभर्सिटी अफ सिड्नी तथा सीएसआइआरओको डेटा ६१ का अनुसन्धानकर्ताले अध्ययनका क्रममा २ हजारभन्दा बढी एप्लिकेसनहरु सुरक्षाका दृष्टिले खतरायुक्त भएको बताएका हुन्।
विगत दुई वर्षदेखिको अध्ययनले यस निश्कर्ष निकालेको हो। विशेषगरी हाम्रो मोबाइल डेटा एक्सेस गर्न खोज्ने गेमिङ एप्सहरु तथा अन्य एप्सहरु सुरक्षाको दृष्टिले खतरनाक भएको बताइएको छ।
इन्डिया टुडेका अनुसार अध्ययनले ‘गेम्स टेम्पल रन, फ्रि फ्लो, हिल क्लाइम्ब रेसिङ’ जस्ता गेमिङ एप्लिकेसन खतरनाक ठहर गरेको छ।
कमेन्ट गर्नुहोस्
