
धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । साथीभाइको दबाव, ठूला मान्छेको देखासिकी र जिज्ञासा तथा कौतुहलताले युवा–युवतीलाई धुम्रपान तर्फ आकर्षित गरिरहेको हुन्छ । यदि तपाईं धुम्रपानको लतमा फसिसक्नु भएको छ र छोड्न चाहनुहुन्छ भने स्वास्थ्यकर्मीको परामर्धमा सजिलैसँग धुम्रपान छोड्न सकिन्छ ।
धुम्रपान छोड्दाको फाइदा यस्तो छ
– फोक्सो दम, खोकी, ब्रोङ्काइटिस, क्यान्सर, मुटुको रोग र टिबी रोग लाग्नबाट बच्न सकिन्छ,
– मुखको क्यान्सर लाग्नबाट बच्न सकिन्छ,
– गर्भ सुरक्षित हुन्छ, गर्भशित्रको शिशू स्वस्थ रहन्छ,
– दाँत, औँला पहेँलो हुँदैन,
– बालबालिकालाई निमोनिया कम हुन्छ,
– पैसाको बचत हुन
– आफूभन्दा साना छोराछोरीले धुम्रपान गर्न सिक्दैनन् ।
कमेन्ट गर्नुहोस्
