
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित कालीगण्डकी नदीमा बिहीबार एक जना बेपत्ता भएका छन्। काली गण्डकी नदीमा पौडी खेल्ने क्रममा २१ वर्षीय किरण घिमिरे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
काठमाडौं बनस्थलीका किरण चितवनको भरतपुर महानगरपालिका–११ बसेनी मामाघर आएका थिए । मामाका छोरा २३ वर्षीय शिवहरि सुवेदी र उनी पौडी खेल्न जाँदा नदीले बगाएको हो । सुवेदीलाई भने स्थानीयवासीले उद्धार गरिएका छन् । बेपत्ता किरणको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
