मेरै कार्यकालमा देशलाई नयाँ स्वरुप दिन्छु – प्रधानमन्त्री ओली

Share:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यकालमा देशलाई नयाँ स्वरुप दिने बताएका छन् । श्रम तथा रोजगार सम्मेलन २०७६ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासका लागि सबै एक भएर अघि बढ्नुपर्ने बताए ।

सरकारले रोजगारीको उचित व्यवस्थापन गर्दै अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले बेरोजगार समस्याको समाधानका लागि सरकार दृढ भएर लागेको बताए । उनले विदेशी साझेदार संस्थाहरुले पनि नेपालमा रोजगारीको सिर्जना गर्न सहयोग गर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘सरकारले बेरोजगार समस्याको समाधान गर्छ । त्यसका लागि हामी लागि परेका छौं । नेपालको विकासका लागि विदेशी सहयोग पनि आउने छ । यी सबै कुरालाई हामीले उचित व्यवस्थापन गर्दैं अघि बढिरहेका छौं ।’ उनले कसैलाई होच्याएर कोही अघि बढ्न नसक्ने भन्दै सबै मिलेर हिँड्नुको विकल्प नरहेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: