स्कुटर दुर्घटना हुँदा स्याङ्जाका क्षेत्रीको मृत्यु

Share:

स्याङ्जा – स्कुटर दुर्घटना हुँदा स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ का कोसिन्दर क्षेत्रीको मृत्यु भएको छ ।

सोमबार साँझ भिरकोट नगरपालिका–१ लामाचौरस्थित सिद्धार्थ राजमार्गमा हेलुबाट बयेरघारीतर्फ आउँदै गरेको ग १६ प ९१२४ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार पुतलीबजार नगरपालिका–१३ का क्षेत्रीको मंगलबार उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका स्कुटर चालक राजेश केसी र त्यसमा सवार क्षेत्री घाइते भएपछि दुवै जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का घाइते केसीको उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको छ । स्कटुर अचानक अनियन्त्रित भई सडकको कुनामा पल्टँदा दुर्घटना भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: