
पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ९ घर भएका १७ वर्षीय सोम गुरुङ असार १३ गतेदेखि सम्पर्कविहीन छन् । पोखरा १४ हवेलीमार्गबाट मध्यान्हको समयपछि उनी बेपत्ता भएको परिवारले जनाएका छन् ।
सोम पोखरा काजीपोखरीमै बसेर प्लस टु पढ्दै आएका थिए । उनको म्युजिकप्रति निकै झुकाव रहेको लमजुङका शिक्षक विशाल श्रेष्ठ ‘ओसिएन’ ले बताए । अनुहार गहुँ गोरो, उचाइ ५ फिट ४ इन्च भएका सोमको फेसबुक वालमा मृत्यु जस्ता कुरा छन् भने परिवार निकै चिन्तित अवस्थामा रहेको श्रेष्ठले जानकारी दिए ।
उनलाई देखे वा भेटेको खण्डमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनहुन परिवारले अनुरोध गरेका छन् । असार १६ गते नै पोखरा रामबजार प्रहरी चौकीमा खोजीका लागि निवेदन दिइसकेका छन् भने पोखराका विभिन्न प्रहरी कार्यालयहरुमा पत्रको बोधार्थ पठाइएको छ ।

