एसईईको पूरक परीक्षा साउन २६ र २७ गते (तालिकासहित)

Share:

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार एक सूचना प्रकाशित गरी दुईदिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

मौका परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन पाउनेछन् । २ विषयमा अनुपस्थित विद्यार्थीले पनि मौका परीक्षामा सहभागी भएर लाभ लिन सक्ने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार, साउन २६ गते १ विषय र २७ गते दुई विषयको ग्रेड वृद्धि गर्न चाहनेको परीक्षा हुनेछ । यसअघि विषयअनुसार परीक्षा गर्दै आएको बोर्डले यसपटक दुई दिन मात्रै परीक्षा गर्न लागेको हो ।

परीक्षामा सहभागी हुन चाहनेले साउन १५ सम्ममा आवेदन फारम भर्ने समयसीमा बोर्डले तोकेको छ । गत चैतमा सञ्चालित एसईई परीक्षाको परीक्षाफल असार १२ गते सार्वजनिक भएको थियो ।  परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा बोर्डले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: