
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय प्रशिक्षण विभागको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे २ बजे राप्रपा केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
बैठकमा पार्टीले चलाउने प्रशिक्षणबारे छलफल हुने जनाइएको छ । राप्रपाले यही साउनको पहिलो हप्तादेखि देशव्यापी प्रशिक्षण थाल्ने तयारी गरेको छ ।
पहिले केन्द्रमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेर देशका ७५३ वटै तहमा रहेका कार्यकर्तालाई प्रशिक्षण दिने बताइएको छ । कार्यकर्तालाई पार्टीको संगठनात्मक र सैद्धान्तिक विषयवस्तुबारे थप प्रष्ट पार्न प्रशिक्षण दिन लागिएको राप्रपाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
