
बुटवल । बुटवलमा कार र स्कूटर एकआपसमा ठोक्किँदा स्कूटर चालकको मृत्यु भएको छ ।
बिहीबार बिहान पश्चिमबाट बुटवल आउँदै गरेको लु१च १५८८ नम्बरको कारमाविपरीत दिशाबाट जाँदै गरेको लु३६प ४३१४ नम्बरको स्कूटर ठोक्किँदा सैनामैना नगरपालिका वडा नम्बर–४ का अजित सलामी मगरको मृत्यु भएको हो ।
गम्भीर घाइते मगरको उपचारको क्रममा युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्कूटरमा ३ जना सवार रहेका थिए ।
अन्य २ जनागम्भीर घाइते सैनामैना–३ का सञ्जय पटेल र सैनामैना–२ का बिक्रमथारुको पनि मेडिकल कलेज भैरहवामाउपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
