
रञ्जन अधिकारी पोखरा, १२ असोज / मीना सिर्जनशिल पत्रकारिता पुरस्कारबाट कास्की सन्देश साप्ताहिकका सम्पादक दुर्गा भण्डारी सम्मानित भएकी छिन् । नेकपा एमालेका तर्फबाट सभासद् तथा संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले भण्डारीलाई सम्मान गरेका हुन् । पुरस्कारको राशी ११ हजार १ सय ११ र सम्मानपत्र रहेको छ ।
झापामा जन्मेकी भण्डारीले २०५३ सालमा सौरे साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी थिईन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य समेत रहेकी भण्डारीले जनआस्था, पोखराबाट प्रकाशित हुने हटलाईन दैनिक, पोखरापत्र, माइक्रो न्यूज दैनिक, माछापुच्छे« एफएम र पोखरा एफएममा पनि काम गरेकी थिईन् ।
संचारकर्मी मिना गुरुङद्वारा स्थापित तथा पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको उक्त पुरस्कारका लागि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रविन्द्र बाँस्तोलाको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले भण्डारीलाई सम्मान गर्न सिफारिस गरेको थियो । समितिमा सवित्री खनाल, सकुन्तला घिमिरे, महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली र सचिव त्रिभुवन पौडेल सदस्य रहेका थिए ।
कार्यक्रममा बोल्दै सभासद् अधिकारीले मर्यादित पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरे । ‘व्यवसायिक मर्यादा विपरितका कार्यले पत्रकारिता क्षेत्र चुनौतिपूर्ण बन्दै गएको छ ।’ उनले भने– ‘अरुलाई प्रहार गर्ने नाममा आफै सिद्धिने काम नगर्न आग्रह गर्दछु ।’ पत्रकारिता समाजको ऐना भएको बताउँदै उनले समाजमा रहेका विकृति, विसंगतिको उजागर संचार Ôेत्रले गर्नुपर्ने बताए । उनले यसको ब्यवसायीक Ôमता र विकास आवश्यक रहेको समेत बताए ।
नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका अधिकारीले दलहरुबीच सहमति पनि नगर्ने र प्रक्रियामा पनि नजाने प्रबृत्ति कामय रहे यो देशमा संविधान जारी हुन नसक्ने बताए । ‘संविधान निर्माणका क्रममा देखिएका विवादित विÈयलाई प्रक्रियामार्फत सल्ट्याउनुपर्ने छ ।’ उनले भने – ‘दलहरु बीच सहमति नभए फेरि पनि संविधान बन्दैन ।’ दलहरुलाई सहमतिमा ल्याउन पत्रकारले दवाव दिनुपर्ने उनको भनाई छ ।
सम्मानित व्यक्तित्व भण्डारीले पुरस्कारले आफूलाई थप जिम्मेवारीको साथै ऊर्जा दिएको बताईन् । संचार माध्यम व्यवसायिक बन्न नसकेको कारण श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा चुनौति देखिएको भण्डारीले बताईन् ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, रविन्द्र बाँस्तोला, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, एकिकृत नेकपा माओवादी कास्कीका उपाध्यक्ष गंगा पोखरेल, पुरस्कारका संस्थापक मीना गुरुङ, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजेन्द्र अधिकारी, सचिव त्रिभुवन पौडेल र सदस्य हिमाल लम्सालले बोलेका थिए ।

