मनाङेको नेकपा प्रवेशप्रति योगेश भट्टराईको आपत्ति

395
0
Share:

पोखरा । आपराधिक पृष्ठभूमिका राजीव गुरूङ अर्थात् (दीपक मनाङे) नेकपा प्रवेश गरेपछि पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आपत्ति जनाएका छन् ।

राजनीतिक पार्टीलाई मान्छे चहिएपनि कस्ता ल्याईंदै छ भन्ने विचार पुर्याउन उनले पार्टीलाई सचेत गराएका छन् । “राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ल्यायौँ ? कस्ता कस्ता ल्याउँदै छौँ ? परिणाम के भैरहेको छ ? राम्ररी विचार गरौ है !” रसिया भ्रमणमा रहेका भट्टराईले ट्विटरमा लेखेका छन् ।

मनाङे मनाङबाट स्वतन्त्र सांसदका रूपमा प्रदेशसभाका निर्वाचित भएका थिए । उनलाई तत्कालीन नेकपाको सहयोग थियो । उनी आजमात्रै नेकपा प्रवेश गरेका थिए ।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीमा स्वागत गरे । ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका उनी थुनामुक्त भएपछि गत माघ १४ गते शपथग्रहण गरी गण्डकी प्रदेशसभा प्रवेश गरेका थिए।

गण्डकी प्रदेशसभाका सदस्य रहेका मनाङेले केही समयअघि अदालतबाट सफाइ पाएका थिए । सांसद गुरुङ त्यसबखत २७ हजार ३७५ रूपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका थिए।

कमेन्ट गर्नुहोस्
Share: