पुम्दी-भुम्दीका अगुवा कृषक देविलालले सुरु गरे आइपिएम सिकाई पाठशाला

Share:

पोखरा । कृषकहरुलाई अर्गानिक खेती तर्फ प्रोत्साहन गर्न पोखरा २२ पुम्दी-भुम्दीको भ्यू-प्वाइन्टमा शुक्रबारदेखि एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) को प्रर्दशनी तथा सिकाई केन्द्र (पाठशाला) संचालन गरिएको छ ।

पोखरा महानगरपालिका, गोनेसा, हरियो वन कार्यक्रम लगायतको सहयोगमा स्थानिय अगुवा कृषक देविलाल बरालले आफ्नो वारीमा उक्त पाठशाला संचालनमा ल्याएका हुन्।

अगुवा कृषक बरालले अर्गानिक कृषि खेति गर्ने जो कोही कृषकहरुलाई रसानिक तथा बिषादीको प्रयोग विना विभिन्न प्रविधिबाट वालीनालीमा लाग्ने शत्रुजीवलाई ब्याबस्थापन गर्ने बारेमा प्रशिक्षण गराउने भएका छन्।

उनका अनुसार खाडल पासो, डेल्टा पासो, बत्तीको पासो, साबुन पानी पासो, पहेंलो टासिने पासो, टुटा ल्युर राएिको पानी पासो, डि.बि.एम.राखिएको सोली पासो, ब्याको ल्सुर राखिएको पासो लगायतको प्रविधिबाट शत्रुजीवलाई वालीनालामा जानबाट नियन्त्रण गर्न सकिन्छ ।

माटो निर्मलीकरण, प्लाष्टिकले छापो दिने, थोपा सिंचाइ, प्लाष्टिकको टनेल, मल बनाउने खाडल, प्लाष्टिक ट्रे, कोकोपिट, नर्सरी ब्याडमा नाइलन जालीको प्रयोग, स्थानिय वनस्पतिबाट बनाइएको झोल मल लगायतका प्रविधिको प्रयोगले पनि शत्रुजीवबाट अन्नवाली एवं फलफुल तरकारी बचाई उत्पादन बढाउन सकिने बरालले जनाए ।

रसानिक तथा बिषादीको प्रयोगले मानव जिवनमा प्रत्यक्ष असर पर्ने भएकोले त्यसलाई बिस्तारै बिस्थापित गरी अर्गानिक खेतिवाली उत्पादन गर्ने लक्ष्यका साथ हाल तेश्रो बर्षमा अर्गानिक खेति गर्ने अभियानमा रहेको अगुवा कृषक बरालले बताए । थायी प्याष्टिक घरमा विभिन्न जातका मौसम अनुसारका फलफुल तरकारी उत्पादन गर्न लागेको उनले जनाए ।

यसैबिच, शुक्रबार एक समारोहका बिच पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालले उक्त आईपिएमको उद्घाटन गर्दै केशव पौडेल र देविलाल बराल जस्ता अगुवा कृषकहरु पोखरा २२ मा आवश्यक भएको बताए ।

वडा सचिव रामप्रसाद पौडेलले पोखराको मुख्य बजार नजिक रहेको पुम्दी भुम्दीमा अर्गानिक बस्तु उत्पादन गर्न सके यहाँको आर्थिक विकास हुने दाबी गरे ।

खाल्सेका अगुवा कृषक एवं नेकपाका नेता केशव पौडेलले बिषादी प्रयोगमा अंकुस लगायरै भए पनि कृषकहरुलाई अब अर्गानिक खेति तर्फ आकर्षण गर्नुपर्ने अन्यथा मानव स्वास्थ्यमा ठुलो समस्या आउन सक्ने खतरा रहेको बताए ।

जिल्ला कृषि सहकारी संस्थाका सदस्य नवराज बरालले सहकारीहरुले कम्तिमा ३० प्रतिशत कृषि क्षेत्रमा र कृषि सहकारीले ७० प्रतिशत कृषिमा लगानी गर्नुपर्ने प्राबधान राखे पनि त्यसको कान्वयन नभएको बताए ।

कृषि संजाल पोखरा २२ का अध्यक्ष महेन्द्र बरालले कृषि व्यावसाय गर्नु भन्दा पहिला अर्गानिक खेतिवालीको बारेमा जानकार हुनुपर्ने बताउदै आइपिएम प्रविधिले केही बर्ष पछि कृषि उत्पादन बढ्ने दाबी गरे ।

गोनेसाका कार्यक्रम संयोजक निरज बहादुर भट्टले फर्सेखोला उपजलाधर एकिकृत योजना कान्वयन अन्र्तगत अर्गानिक कृषि वालीको लागि आइपिएम कार्यक्रममा लगानी गरेको जनाए ।

फुर्सेखोला उपजलधार समन्वय समिति पोखरा २२ को आयोजनामा भएको उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधि, कृषक, पोखरा महानगरपालिका, हरियो वन कार्यक्रम, गोनेसा लगायतको उपस्थिती रहेको समितिका सचिव टेकनाथ बराल (राजु) ले बताए ।

समितिका अध्यक्ष दिवाकर पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखाका सुरज शिलवाल, नेकपा वडा २२ का अध्यक्ष चण्डीका प्रसाद बराल, नेपाली काँग्रेस वडा २२ का उपसभापति चेत्तभक्त्त बराल, समितिका सदस्य संजिव गुरुङ लगायतले बजारमा बिषादी र रसानिक मिसावट भएका खाद्य बस्तु भित्रिएकोले त्यसको विकल्पमा धेरै उत्पादन हुने गरी अर्गानिक खेती उत्पादन गर्न तर्फ सवै लाग्नु पर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्
Share: