इमान्दार ट्याक्सी चालक जसले ५ तोलाको सुनको रानीहार फिर्ता गरे

Share:

पोखरा । पोखराका ट्याक्सी चालक सुरेश नेपालीले आफुले भेटाएका सुनको रानीहार बुझाएका छन् । ग १ ज ३५७१ नम्बरको ट्याक्सीका चालक नेपालीले भद्रकाली शाखामा आवद्व रहेर ट्याक्सी संचालन गर्दै आएका छन् । ट्याक्सीमा छोडीएको तीन लाख मूल्य बढीको रानीहार उनले प्रहरीको रोहबरमा बुझाएका हुन् ।

सो रानीहार पोखरा–८ सिमलचौर निवासी अर्जुन शर्माकी श्रीमती सुरक्षाको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीको रोहवरमा सुरेशले रानीहार अर्जुन शर्मालाई बुझाएका थिए । शर्मा रिजनल हस्पिटलका मेनेजर पनि हुन् । हराएको रानीहार पाउदाँ शर्मा खुशी भए । साथै उनले सुरेशको इमान्दारिताको कदर गर्दै केही नगद र खादा लगाएर सम्मान गरे ।

कमेन्ट गर्नुहोस्
Share: