
सुर्खेत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्त बहादुर लामालाई चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
सामुदायिक वनको काठको छुटपूर्जी दिलाईदिने भन्दै उनले घुस लिएको अख्तियारको सुर्खेत कार्यालयको दावी छ। अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले लामा पक्राउ परेको पुष्टी गरे।
कमेन्ट गर्नुहोस्
