त्रिशूलीमा ट्रक खस्दा बेपत्ता भएका सहचालकको शव फेला

Share:

चितवन । त्रिशूली नदीमा ट्रक खस्दा बेपत्ता भएका सहचालकको शव फेला परेको छ । उनको शव करिब पाँच घण्टापछि फेला परेको हो । सहचालक दाङ घोराहीका २५ वर्षीय अनिल गुरुङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शुक्रबार राति साढे १ बजे भैरहवाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको थियो। गाडीका चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक पूरै पानीमा डुबेकोे अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: