डिभिजन थ्रीको तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंका जाने

Share:

काठमाडौं, असोज २२ – आइसिसी लिग डिभिजन थ्री क्रिकेटको तयारीमा रहेको नेपाली क्रिकेट टोली तयारीका लागि श्रीलंका जाने भएको छ । आउँदो आइतबार श्रीलंका जाने नेपाली टोलीले केहि अभ्यास खेल खल्नेछ ।

ccc

नेपाली टोली कात्तिक ४ गते त्यहाँबाटै मलेसिया जाने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । श्रीलंकामा रहँदा नेपाली टोलीले त्यहाँको पहिलो श्रेणीका ३ वटा क्वलसँग खेल्ने तय भएको क्यानका निमित्त महासचिव उत्तम कर्माचार्यले जानकारी दिए ।

डिभिजन थ्री क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले कात्तिक ६ गते युगाण्डासँग खेल्नेछ । त्यस्तै नेपालले कात्तिक ७ गते बर्मुडासंग, कात्तिक ९ गते सिंगापुरसंग, कात्तिक १० गते अमेरिकासँग र कात्तिक १२ गते मलेसियासँग खेल्नेछ । डिभिजन थ्रीको शीर्ष दुईमा पर्ने टोली डिभिजन टूमा बढुवा हुनेछन् । डिभिजन टू प्रतियोगिता आउँदो माघको पहिलो हप्ता नामिबियामा हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: