मुलुकका सबै ठाउँबाट आजकाे खण्डग्रास चन्द्र ग्रहण देखिने

Share:

पाेखरा । आज (मंगलबार) राति चन्द्र ग्रहण लाग्दैछ।आकाश सफा भए आजको चन्द्र ग्रहण मुलुकका सबै भू–भागबाट देख्न सकिन्छ। सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अस्टेलियाबाट समेत देखिन्छ। जब चन्द्रमा पृथ्वीको छायाबाट गुज्रिन्छ तब ग्रहण लाग्ने गर्छ।

मंगलबार राति १२ बजेर २८ मिनेट देखि करिब २ घण्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने छ। राति करिब १ बजेर ४६ मिनेटमा सुरु हुने खण्डग्रास चन्द्र ग्रहणले चन्द्रमा लाई ३ बजेर १५ मिनेट मा अत्यधिक ढाक्ने छ।

चन्द्र ग्रहण हेर्ने खोज्नेले मङ्गलबार राति १ बजेर ४६ मिनेट देखि ४ बजेर ४४ मिनेटसम्म देख्न सकिने नेपाल एस्टोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले बताए। नेपालका पुरै भूभागबाट ग्रहण हेर्न सकिने उनको भनाई छ।

चन्द्रग्रहण अवलोकन गर्न चाहनेहरुले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुल्ला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्नेछन्।

कमेन्ट गर्नुहोस्
Share: