चट्टान फुटाएपछि खुल्याे बेनी-जोमसोम सडक 

Share:

बेनी । बिहीबारदेखिको अविरल झरीका कारण शुक्रबार साँझबाट अवरुद्ध बनेको बेनी–जोमसोम सडकखण्ड मङ्गलबार बिहानबाट सुचारु भएको छ । वर्षाका कारण काभ्रे भिरमा गएको पहिरो सोमबार बेलुका हटाएपछि मङ्गलबारबाट सडक सञ्चालनमा आएको हो ।

“नेपाली सेना, नेपाल प्रहरी र स्थानीय सेनाको सहयोगमा सडक सुचारु गरिएको हो,” शर्मा गजुरमुखी जेभीका प्रतिनिधि बासुदेव गौतमले भने, “सडक छेउमा पहिरो गएको थियो । भित्तातिरको चट्टान फुटाएर सडक सञ्चालनमा ल्याइएको हो ।”

बेनी–जोमसोम ७६ किमि सडकखण्ड स्तरोन्नतिका लागि सडक विभागअन्तर्गत बेनी–जोमसोम–केरला सडक आयोजनाले ठेक्का लगाएर ०७३ बाट काम भइरहेको छ ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: