
काठमाडौं – असार १३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आप्पा’ ले अहिलेसम्म दर्शकको औसत प्रतिक्रिया पाइरहेको छ । यो फिल्म नेपालसहित भारतका केही सिनेमा घरमा पनि रिलिज भएको थियो ।
यो फिल्मले तेस्रो हप्तासम्म आइपुग्दा १ करोड ३० लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको बताइएको छ । फिल्मले भारतका २५ वटा सिनेमा हलबाट नेपाली ३ करोड ९७ हजार रुपैयाँ कलेक्सन गरेको छ ।
यो आँकडालाई भने विश्वसनीय मानिएको छैन । फिल्मका निर्देशक अनमोल गुरङका अनुसार यो फिल्मले पहिलो सातामा राम्रो प्रदर्शन गरेको छ । फिल्मले मल्टिप्लेक्स हलमा अहिले पनि केही शो पाएको छ ।
कमेन्ट गर्नुहोस्
