भारतीय अभिनेता आमिर खान नेपालमा

Share:

काठमाडौं, असोज २२– भारतीय अभिनेता आमिर खान कहिले ‘थ्री इडियट्स’ मार्फत शिक्षा सुधारको कुरा गर्छन्, कहिले ‘तारे जमिन पर’ का केटाकेटीको लेखपढमाथि जागरण ल्याउँछन् त कहिले टेलिभिजन कार्यक्रम ‘सत्वमेव जयते’ मार्फत दाबिएका सामाजिक विषयलाई राष्ट्रिय मुद्दा बनाउँछन् ।

aamir-khan-180412130328152652

बलिउडमा ‘मिस्टर पर्फेक्सनिस्ट’ उपमा पाएका यी अभिनेता फिल्मका लागि जति चर्चित छन्, उति नै ख्याती कमाएका छन्, सामाजिक अभियान्तका रुपमा । उनै अमिर खान राष्ट्रसंघीयबालकोष (युनिसेफ) को बालबालिका पोषणसम्बन्धी कार्यक्रमका लागि दक्षिण एसियाली सद्भावना दूत बनेको छन्, जसको औपचारिक घोषणा बिहीबार काठमाडौंबाट हुँदेछ ।

यही कार्यक्रम सिलसिलामा आमिर मंगलबार दिउँसो काठमाडौं आएका छन् । साढे एक बजेको जेट एअरवेजबाट आफ्ना आड निजी सुरक्षागार्डसहित काठमाडौं ओर्लेका उनी द्वारिकाज होटलमा बसिरहेका छन् । उनी यहाँ आएदेखि होटल परिसरभित्रै रहेको स्रोतले बतायो । नेपाल सरकार तथा युनिसेफ काठमाडौं कार्यालयको संयुक्त पहलमा तीनदिने भैमणमा आएका आमिर कपिलवस्तु जाने कार्यक्रम समेत रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: