युवालाई स्वरोजगार बनाउन तानसेनमा बिनाधितो ऋण

Share:

पाल्पा । पाल्पाको तानसेन नगरपालिकाले युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण प्रदान गर्न थालेको छ । नगरपालिकाले वडा नं. ८ का श्रवणकुमार लम्साललाई पाँच लाखको सहुलियत कर्जा प्रदान गर्न ‘अफर लेटर’ प्रदान गरेको हो ।

लम्सालले नेपाल बैंकबाट रु पाँच लाख नगद पाउनेछन् । नगरपालिकाप्रमुख अशोककुमार शाही र नेपाल बैंक पाल्पाका प्रबन्धक सुरज घिमिरेले संयुक्त हस्ताक्षर गरिएको ‘अफर लेटर’ पाएपछि किसानले सहुलियत ब्याजदरमा कर्जा पाउन थालेका हुन् ।

नगरपालिकाप्रमुख शाहीले युवा स्वरोजगार कार्यक्रममा पहिलोपटक कर्जा पाउने ऋणीलाई ऋणको सही सदुपयोग हुने गरी काम गर्न अनुरोध गरे । नेपाल बैंक पाल्पाका प्रबन्धक घिमिरेले नगरपालिकाको युवा स्वरोजगार कार्यक्रममा ऋणका लागि कुनै सेवा शुल्क नलाग्ने बताए ।

नियमित सावाँब्याज भुक्तानी गर्नेलाई तीन–तीन महीनामा ब्याजको तीन प्रतिशत फिर्ता गर्ने व्यवस्था रहेको घिमिरेको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
Share: