खतरनाक भाइरसबाट संसारका २.५ करोड मोबाइल प्रभावित, कसरी हटाउने ?

Share:

पछिल्लो समय एन्ड्रोइड स्मार्टफोन मालवेयर अर्थात भाइरसको आक्रमणमा पर्न थालेका छन् । एन्ड्रोइड स्मार्टफोन सुरक्षाको दृष्टिले सधैँ नै जोखिममा रहने गर्छ । जसका कारण प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण चोरी भइरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

एक रिपोर्टले संसारका २ दशमलब ५ करोड एन्ड्रोइड फोन एजेन्ट स्मिथ मालवेयरको चपेटामा परेको देखाएको छ ।

यो भाइरस प्रयोगकर्ताले पनि थाहै नपाई स्मार्टफोनमा प्रवेश गर्ने गर्छ । विशेष गरी गुगलसँग सम्बन्धित एपको माध्यमबाट यो भाइरस पत्तै नपाई स्मार्टफोनमा प्रवेश गर्ने गरेको रिपोर्टमा उल्लेख छ ।

यो भाइरसले प्रयोगकर्ताको फोनमा अगाडि नै रहेको एपलाई भाइरस भएको एपमा परिवर्तन गर्ने गर्दछ । यसलाई हटाउन जथाभावी एप डाउन्लोड नगर्न अनुसन्धानकर्ताको सुझाव छ । डाउनलोड गरि हालेपनि एन्टीभाइरस प्रयोग गर्नुपर्छ ।

कमेन्ट गर्नुहोस्
Share: