
क्रिकेटका हस्ती सचिन तेन्दुल्करको नाम आईसीसी हल अफ् फेममा दर्ता भएको छ ।आईसीसीले सचिनसँगै दक्षिण अफ्रिकी हस्ती एलन डोनाल्ड र अष्ट्रेलियन पूर्व खेलाडी क्याथ्रिन फिजप्याट्रिकलाई पनि हल अफ् फेमको सम्मान दिएको छ ।
सचिनले एकदिवसीय क्रिकेटमा १८ हजारभन्दा बढी रन बनाएका छन् । त्यस्तै टेस्ट क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान पनि सचिनकै नाममा छ । अन्तर्राष्ट्रिय क्रिकेटमा सय शतक बनाउने सचिन एक्ला खेलाडी हुन् । हल अफ् फेममा दर्ता हुने सचिन छैटौं भारतीय खेलाडी हुन् ।
कमेन्ट गर्नुहोस्
