को-को बने नेकपाको जिल्ला इन्चार्ज र सह-इन्चार्ज (नामसहित)

Share:

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका गरि ८३ इञ्चार्ज तथा सह–इञ्चार्ज टुंगो लगाएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ जिल्ला कमिटी र जिल्ला कमिटी सरह नै मान्यता पाएका ६ महानगरका इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लागेको बताए ।

यो निर्णयलाई केन्द्रीय कमिटी र स्थायी समितिमा पनि पेश गरिने प्रवक्ता श्रेष्ठले बताए । इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका इञ्चार्ज र सहइञ्चार्जलाई नै दिइएको उनले बताए ।

श्रेष्ठले संगठन विभागसहित सबै विभागमा पार्टी टुंगोमा पुगिनसकेको बताए । पार्टी नेता वामदेव गौतमलाई संगठन विभाग दिइएकोबारेमा बोल्दै नेता श्रेष्ठ कसैलाई मै हुन्छु भन्ने लाग्दैमा पार्टीले जिम्मेवारी दिएको नबुझ्न पत्रकारहरुलाई आग्रह गरे।

पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहनेछन् ।

आइतबार नै निर्णय हुने भनिएको विभिन्न विभाग, आयोगको एकताको निर्णय भने सरेको छ । मंगलबार १ बजेका लागि बोलाइएको अर्को बैठकले यसबारे निर्णय गर्ने नेता वामदेव गौतमले जानकारी दिए।

नामावली हेर्न यहाँ क्लिक गर्नुहोस

कमेन्ट गर्नुहोस्
Share: