यस्तो छ ‘टिकटक काण्ड’ (हेर्नुहोस भिडियो)

Share:

श्रावण महिना लागेसँगै हाम्रा ठुला चाडपर्वहरु पनि नजिकीएका छन् । श्रावण महिनामा शिवको पुजा आरधना गर्ने र बोलबम जाने जस्ता कार्यहरु गरिन्छ । यसकारण पनि श्रावण महिनाको बिशेष महत्व रहेको पाइन्छ ।

यता हरेक समय र अवस्थालाई गीतको माध्यमबाट चित्रण गर्ने कलाकारहरुलाई भने यतिबेला तिजका गीतहरु बजार ल्याउनमा ब्यस्तता बढेको पाइन्छ । बिगतका बर्षहरुमा जस्तो खासै धेरै गीतहरु नआएतापनि जती आएका छन् ।

मौलिकतालाई मध्यनजर गर्दै बनाइएका गीतहरु आएका छन् । यसैबिच टिकटक काण्डले पनि छोटो समयमा धेरै दर्शकहरुको मन जित्न सफल भएको छ ।

पछिल्लो समय अत्यन्तै लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल टिकटकलाई लक्षीत गर्दै दीयान इन्टरटेन्टमेन्टको प्रस्तुतिमा यथार्थपरक गीत “टिकटक काण्ड” सोही कम्पनीको आधिकारिक युट्यूब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

गायक नारायण भट्टराई , हेम शर्मा मुस्कान, अनिता पन्त र शान्ति अधिकारीको संयुक्त स्वर रहेको गीतमा राजु के।सीको शब्द तथा धनु मगरको लय रहेको छ भने गीतलाई तारानाथ आचार्यले एरेन्ज गरेका छन ।

नारायण भट्टराईकै निर्देशनमा तयार पारेको म्युजिक भिडियोमा निश्चल दवाडी, अनिता पन्त, दीपिका जेनि र अविरल अधिकारीको उत्कृष्ट अभिनय रहेको छ भने भिडियोलाई शिव भुर्तेलले छायांकन तथा सम्पादन गरेका छन ।

भिडियो हेर्नुहोस : 

कमेन्ट गर्नुहोस्
Share: