
पोखरा, ५ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीको जिल्ला ईन्चार्जमा राजकाजी गुरुङ(करण) चयन भएका छन् ।
पार्टीको केन्द्रीय सचिवालयको आजको बैठकले देशका ७७ वटै जिल्लाका ईन्चार्ज, सहईन्चार्ज तथा महानगरपालिका ईन्चार्जको टुँगो लगाएको हो । यसअघि पोखरा महानगरका मेयर जिसी कास्कीको सहईञ्चार्ज रहने समाचार बाहिरिएको थियो ।
नेकपा) कास्कीको सहईन्चार्जमा श्रीनाथ बराल, भीम कार्की, सीता गिरी र शारदा सुवेदी चयनलाई चयन गरिएको छ । त्यसैगरि, जिल्ला सरहको हैसियत पाएको पोखरा महानगरपालिकाको इन्चार्जमा महानगर प्रमुख समेत रहेका मानबहादुर जिसी चयन भएका छन् । साविक दुई पार्टीविचको एकताको लामो समयपछि जिल्लामा ईन्चार्जहरुको टुँगो लगाईएको हो ।
कमेन्ट गर्नुहोस्
