नुहाउने क्रममा एक किशाेरी बेपत्ता

Share:

गुल्मी : कालीगण्डकीमा नुहाउने क्रममा एक युवती बेपत्ता भएकी छन्। जिल्लाको रुरु गाउँपालिका ६ रिमुवामा कालीगण्डकीमा नु्हाउने क्रममा स्याङजा जिल्ला कालीगण्डकी गाउँपालिका २ घर भएकी १४ वर्षीय कमला बिक बेपत्ता भएको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए।

बिक रुरु गाउँपालिका ६ रिमुवामा सानिआमाको घरमा आएकी थिइन्। खोलामा नुहाउने क्रममा बेपत्ता भएकी युवतीकोे खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: