
बेनी। बेनी–जोमसोम–कोरला सडक अवरुद्ध भएको छ ।आइतबार राति गुइँठे भीरमा गएको पहिरोले सडकमा क्षति पुगेपछि सडक अवरुद्ध भएको हो ।
सडकभन्दा माथिको भागबाट चट्टानसहित आएको पहिरोले सडकको भाग पूरै भत्काएकाले भित्ताको चट्टान फुटाएर सडकको ट्र्याक खोल्नुपर्ने भएको गजुरमुखी शर्मा जेभीका प्रतिनिधि बासुदेव गौतमले बताए ।
नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थ प्रयोग गरी ब्लास्ट गरेर सडक सुचारु गरिने गौतमले जानकारी दिए । यसअघि असार अन्तिम साता अविरल वर्षाका कारण सोही सडकखण्डको काभ्रेभीरमा पहिरो जाँदा ३ दिनसम्म सडक अवरुद्ध भएको थियो ।
कमेन्ट गर्नुहोस्
