माधव पनेरु, पोखरा, २५ असोज / बिजया दशमीको उपलक्षमा पश्चिमाञ्चलको नम्वरवान एफ. एम बिग एफले आयोजना गरेको महा– आजिजाका बिजेताहरुलाई शनिबार एक कार्यक्रमका बीच नगद बितरण गरिएको छ ।
हरेक चाडपर्व स्रोताहरु संग मनाउने गरेको एफ.एमले बिजया दशमीको अबसरमा आयोजना रेडियो गेम शो मा बिजेता बनेका ३८ जनाले नगद र मोवाईल रिचार्ज कार्ड प्राप्त गरे । गेम शो का प्रायोजक जिरो प्वाईन्ट टुर्स एण्ड ट्राभलका प्रमुख चेतन कार्की र विग एफ. एम का अध्यक्ष महेश भण्डारीले विजेताहरुलाई नगद पुरस्कार बितरण गरेका हुन ।
यस पटकको महाआजिजामा अमृत गौतमले सर्वाधिक पाँच हजार नगद जितेका थिए । असोज ९ गते घटस्थापना देखि १५ गते फुलपाती सम्म सञ्चालन भएको गेम शोमा २१ जनाले मोवाईल रिचार्ज कार्ड प्राप्त गरेका छन । यस बर्षको महा–आजिजामा कुल २७ हजार ३ सय ८२ एस.एम.एस गरिएको कार्यक्रम संयोजक सञ्जोक बस्यालले जानकारी दिए । कार्यक्रममा सहभागिता जनाएका तर नगद पुरस्कार जित्न नसक्ने स्रोताले मोवाईलको रिचार्ज कार्ड पाएका हुन ।
जिरो प्वाईन्ट टुर्स एण्ड ट्राभल्सका प्रमुख चेतन कार्कीले विग एफ. संगको सहकार्य बाट ब्यबशायिक रुपमा राम्रो फिड ब्याक आएको बताए । बिग एफ.एम का अध्यक्ष महेश भण्डारीले हरेक चाडपर्व स्रोता संग मनाउने अभिप्रायले आफुहरुले हरेक अग्रेजि तथा नेपाली चाडपर्वको अबसरमा बिभिन्न खाले कार्यक्रम आयोजना गरिएको बताए । अन्य कार्यक्रम संगै आजिजा लाई स्रोताहरुले सर्वाधिक रुपमा मन पराएको भण्डारीले बताए ।
पाँच हजार जित्न सफल भएका अमृत गौतमले रेडियो गेममा सहभागि भएर नगद जित्न पाउदा आफुलाई धेरै खुसि लागेको बताए । गेम संगै आफ्नो सामान्य ज्ञान पनि बृद्धि गराएको उनले बताए । यस्ता खाले कार्यक्रम निरन्तर हुनु पर्ने बिजेता गौतमको सुझाव थियो । एफ.एमले दिपावलीको अबसरमा पनि तिहारको खेल मज्जाको खेल पनि सुरु गरेको छ । अब केही दिनमा एस.एम.एस खुला गरिने एफ.ले जनाएको छ ।

